Tuesday, January 29, 2008

त्रि-चन्द्रमा भित्ताको झगडा

काठमाडौँ- स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनाव नजिकिँदै गर्दा भित्तेलेखनको विषयलाई लिएर विद्यार्थी सङ्गठनबीच झडप सुरु भएको छ । यही विषयलाई लिएर हिजो त्रि-चन्द्रमा नेविसङ्घ र अनेरास्ववियुका विद्यार्थीबीच झडप भयो ।
नेविसङ्घले त्रिचन्द्र क्याम्पसको भित्तामा स्ववियु निर्वाचनको भित्तेलेखन सुरु गरेपछि अनेरास्ववियुले पनि उक्त भित्तामा आफनो हक लाग्ने बताएको थियो । वर्षौंदेखि नेविसङ्घ एक्लैले प्रयोग गर्दै आएको भित्ताले हिजो उग्ररूप लिएकोमा आज पनि विवाद जारी रहेको विद्यार्थीले बताएका छन् ।

No comments: