Thursday, January 17, 2008

नगरकोटका होटेल बन्द

काठमाडौँ- नगरकोटका होटेल मजदुरले राखेका माग पूरा नभएपछि आजदेखि त्यहाँका होटेल बन्द गरिनेभएका छन् । होटेल तथा रेस्टुराँ मजदुर युनियनले सुविधावृद्धिलगायत माग राखी पटक-पटक होटेल व्यवसायीलाई कुरा गर्दैआएका थिए । मजदुरले राखेका माग पूरा गर्न आज पनि वार्ता भइरहेको बताइन्छ तर वार्ताबाट पनि माग पूरा नभए दिउँसोदेखि होटेल, रेस्टुराँ बन्द गरिने चेतावनी मजदुरले दिएका छन् ।

No comments: