Sunday, January 13, 2008

जनसर्म्पर्क समिति अमेरीका एकताको नेपाली कांग्रेसद्धारा स्वागत

नेपाली कांग्रेस केन्द्रिय कार्यालयले दर्ुइ नेपाली जनसर्म्पर्क समिति अमेरीकाको एकताको लागी जनवरी ५ भर्जिनियामा भएको सहमतिको स्वागत गरेको छ । नेपाली कांग्रेसका मुख्य सचिव स्वभाकर पराजुलिद्धारा हस्ताक्षार गरि पौष २९ ,२०६४ मितिमा पर्ठाईएको पत्रमा अमेरीकामा रहेका दर्ुइ नेपाली जनसर्म्पर्क समिति बिच भएको एकताको सहमतिले विश्वभरिका नेपाली कांग्रेसमा खुसी छाएको भन्दै स्वागत गर्दै दुवै समितिबाट उक्त सहमतिलाई पालना गर्ने विश्वास लिएको छ भनिएको छ ।
डा .सुरेन्द्र देवकोटा सभापति नेपाली जनसर्म्पर्क समिति अमेरीका र आनन्द विष्ट अध्यक्ष नेपाली जनसर्म्पर्क समितिका नाममा पर्ठाईएको दर्ुइ छुट्टा छुट्टै पत्रमा आपसी एकतालाई निरन्तरता दिदै सबैलाई समेटेर सामानजस्यताको आधारमा संगठन विस्तार एवं अन्य काम गर्नुहुनेछ भन्ने विश्वास गरेको छु ।

No comments: