Wednesday, January 23, 2008

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता

काठमाडौं- नेपाल आयल निगमले गत सोमवार वढाएको पेट्रोलियम पदार्थको मूल्य आज फिर्ता लिएको छ । मन्त्रिपिरषदको आज वसेको अनौपचारिक वैठकले दिएको निर्देशन वमोजिम आयल निगमले मूल्य वृद्धि फिर्ता लिएको हो । मूल्यवृद्धिको विरोधमा आम जनता र विद्यार्थी सडकमा उत्रिएपछि सरकार मूल्यवृद्धि फिर्ता लिन वाध्य भएको हो । निगमले मूल्यवृद्धि फिर्ता लिएपछि अव ग्राहकले पुरानै मूल्यमा पेट्रोलियम पदार्थ पाउनेछन् । मन्त्रीपरिषदको वैठकले जनचाहना वमोजिम भन्दै मूल्यवृद्धि फिर्ता लिने निर्णय गरेको हो । आयल निगमको घाटा पूर्ती गर्नका लागि अन्य वैकल्पीक उपाय निकालिने निर्णय भएको आपूर्तीमन्त्री श्यामसुन्दर गुप्ताले जानकारी दिनुभयो । निगमलाइ तत्काल तीन अर्व रुपैयाँ अर्थ मन्त्रालयले निकासी दिने पनि आजै निर्णय भएको छ । वैठकमा अर्थमन्त्री रामशरण महत, उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री श्यामसुन्दर गुप्ता, सुचना तथा संचारमन्त्री कृष्णवहादुर महरा, स्थानीय विकाशमन्त्री देव गुरुङ लगायतको सहभागीता रहेको थियो ।

No comments: