Thursday, January 31, 2008

राजधानीका टेलरिङ बन्द

काठमाडौँ- माओवादी निकट नेपाल सिलाइ मजदुरले पूरा गर्न नसकिने माग राखेको भन्दै आज काठमाडौँका तीन सय भन्दा बढी टेलरिङ बन्द भएका छन् । मजदुरका माग हप्तैपिच्छे बढेको भन्दै टेलरिङ सञ्चालकले कारखाना बन्द गर्नुपरेको बताएका छन् । केही समय यता मजदुरले आठ सूत्रीय माग राखेर सञ्चालकलाई निरन्तर दबाब दिँदै आएका छन् । मजदुरले नियुक्तिपत्र दिनुपर्ने, सञ्चयकोष, दसैँपेस्कीलगायतका माग राखेका छन् । सिलाइ मजदुरका उपाध्यक्ष प्रेम दर्नालले आफना माग जायज रहेको बताएका छन् । उनले आफूहरू वार्ताबाटै समाधान निकाल्न आतुर रहेको बताए ।

No comments: