Thursday, January 31, 2008

अमेरिकामा सय नेपाली कामदार सर्म्पर्कहीन

अमेरिकाको उत्तरी राज्य अलाबामाको हन्टसभ्यालीस्थित एक डीभीडी कम्पनीमा कार्यरत एक सयभन्दा बढी नेपाली दुई दिनदेखि सर्म्पर्कमा नआएको समाचार आजको कान्तिपुरले प्रकाशित गरेको छ ।
समाचारमा जनाईये अनुसार उनीहरू कामबाट कतै भागेका हुन सक्छन् वा के कति कारणले बाहिरिएका हुन् भन्ने थाहा पाउन दूतावास लागिपरेको छ,' वासिङटन डीसीस्थित नेपाली नियोगका उपप्रमुख कालीप्रसाद पोखरेलले फोनमा भने- 'हामीले पनि सञ्चार माध्यममा आएको खबरका आधारमा स्थिति अनुमान गरेका हौं, यसबारे दूतावासमा सूचना आएको छैन ।'
अमेरिकी समाचार संस्था एपीले पहिलोपटक मंगलबार प्रकाशित समाचारमा नेपालीहरू एकाएक बेपत्ता हुनु सुरक्षा दृष्टिले खतरापूर्ण नभए पनि यो 'महत्वपूर्ण' रहेको जनाइएको छ । अलाबामा राज्यका गृहमामिला सुरक्षा अधिकारी लाउरेन बेथ्युनले नेपाली कामदारको स्थिति छिट्टै पहिचान हुने बताएकी छन् । तर केही सञ्चार माध्यममा उल्लेख भएअनुसार डीभीडी कम्पनीका लाखौं मूल्यका फर्निचर, टेलिभिजन र भान्साका सामग्रीसमेत हराएका छन् । उक्त कम्पनीमा नेपालसहित बोलिभिया, डोमिनिकन रिपब्लिक, जमैका, युक्रेनसहित १ हजार ३ सय ५० कामदार कार्यरत थिए । तर नेपाली कामदारको नाम, ठेगानासहितको पहिचान समाचारमा उल्लेख छैन ।

No comments: