Tuesday, January 29, 2008

सवारी चाप घटाउन शैक्षिकसत्र फेर्ने कसरत

काठमाडौँ - विद्यालयको सवारीसाधनका कारण उपत्यकामा सवारी चाप बढी आवागमनमा मुस्किल परेपछि निजी विद्यालयले आगामी शैक्षिक सत्रदेखि विद्यालयको समयमा परिवर्तन गर्ने भएको छ ।
महानगरीय ट्राफिक प्रहरी कार्यालयको अनुरोधमा शिक्षा मन्त्रालय, प्याब्सन, एन प्याब्सन र अभिभावक संघबीच सोमबार भएको बैठकमा समय परिवर्तन गर्ने सहमति भएको हो । सहमतिअनुसार आउँदो शैक्षिक सत्रदेखि विद्यालयहरू बिहान ९ बजेदेखि सञ्चालन भई साढे ३ बजे सम्पन्न गरिने भएको छ।विद्यालयको सवारीसाधनका कारण ट्राफिक जाम भएको महानगरीय ट्राफिक प्रहरी आयुक्त वरिष्ठ प्रहरी उपरीक्षक भीष्म प्रसार्इंले बताए । समय परिवर्तन भएपछि ट्राफिक प्रहरीले विद्यालयको गाडी रोक्ने र छुट्ने छुट्टै व्यवस्था मिलाउने भएको छ । बैठकमा अभिभावक संघ नेपालका अध्यक्ष सुप्रभात भण्डारी, शिक्षा मन्त्रालयका सचिव शंकरप्रसाद पाण्डे, प्रवक्ता लवप्रसाद त्रिपाठी, प्याब्सन महासचिव पीआर ढकाललगायतका उपस्थिति थियो ।

No comments: