Friday, January 25, 2008

तर्राईका जिल्ला बन्द /जनकपुरमा आज पनि प्रदर्शन

काठमाडौँ- नेपाली काङ्ग्रेसले आफना कार्यकर्तामाथि ज्यादती गरेको भन्दै हिजो भएको जनकपुर बन्द आज पनि जारी छ । संयुक्त मधेसी मोर्चाले हिजो गरेको जनकपुर बन्दलाई निरन्तरता दिँदै आज पनि बिहानैदेखि चोक-चोकमा आगजनी गरेका छन् । बिहानै चोक-चोकमा गरिएको प्रदर्शनका कारण जनकपुर भएर आवतजावत गर्ने र्सार्वजनिक सवारीसाधन पनि चलेका छैनन् ।
लामो तथा छोटो दूरीका र्सार्वजनिक यातायात नचलेका, पसल नखुलेका कारण जनकपुरको जनजीवन ज्यादै कष्टकर बनेको जनकपुरस्थित महानगर संवाददाता माधव पोखरेलले बताए । शिक्षण संस्था आज पनि खुल्न दिने बन्द आ≈वानकर्ताले बताएका छन् । तैपनि असुरक्षाका कारण शिक्षण संस्था आज प्रायः बन्द छन् । नेपाली काङ्ग्रेसका नेता सुशील कोइराला र काङ्ग्रेस महामन्त्री विमलेन्द्र निधिको कार्यकर्ता भेटघाटमा विरोध प्रदर्शन गर्न आएका आफना कार्यकर्तालाई प्रहरीले अश्रुग्याँस, लाठीचार्ज गरी घाइते बनाएको भन्दै त्यसको विरोधमा हिजो र आज जनकपुर बन्द गरिएको छ । त्यसैगरी सद्भावना र मधेसी जनाधिकार फोरमको बन्दका कारण तर्राईका अन्य जिल्ला पनि प्रभावित बनेका छन् । उनीहरूको बन्दका कारण तर्राईका सिरहा, सप्तरी, बारा, पर्सर्ााायतका जिल्ला बन्द भएका छन् । सरकारले सुरक्षाका लागि थप बल खटाएको छ। चोक-चोकमा भीड नियन्त्रण गर्न सरकारले हिजो जनकपुरमा तीन हजार सशस्त्र प्रहरी बल परिचालन गरेको थियो ।

No comments: