Sunday, January 27, 2008

कसौटीकी प्रेरणा नेपाली चलचित्रमा

भारतीय टेलिशृङ्खला कसौटी जिन्दगीकीकी ख्यात्रिराप्त अभनेत्री श्वेता तिवारी (प्रेरणा) ले नेपाली चलचित्रका लागि शुक्रबार राजधानीमा आयोजित समारोहबीच मुहूर्त सट दिइन् । अभिनेत्री तिवारीले आफनो पहिलो विदेशी चलचित्रअर्न्तर्गत नेपाली र भोजपुरी भाषामा एकसाथ निर्माण हुन लगेको चलचित्र त्रिनेत्रका लागि नेपालका चर्चित नायक निखिल उप्रेतीसँगै संयुक्तरूपमा मुहूर्त सट दिएकी हुन् । म भोजपुरी डाइलग बोल्छु, तिमी नेपाली डाइलग बोल है त’ मुहूर्त सट दिने अन्तिम तयारीका बेला श्वेताले निखिलसँग कानेखुसी गरिन् । यही कानेखुसीबमोजिम नै निखिलले नेपाली र श्वेताले भोजपुरी भाषा बोल्दै शानदार मुहूत सट दिए ।
चलचित्रमा निखिल र श्वेता प्रमुख नायकनायिकाका रूपमा प्रस्तुत हुँदैछन् भने नेपाल र भारत दुबै देशका कलाकारलाई समावेश गरिएको छ । निखिल र श्वेताका साथ नागेन्द्र रिजाल, रमेश बुढाथोकी, मिथिला शर्मा, आशा पौडेल, रोबी, रमेश अग्रवाल, सम्पदा गिरी, नरेश, अजित अग्रवाल प्रमुख कलाकार रहेको यस चलचित्रको निर्देशन सास ननद भौजाईजस्तो हिट भोजपुरी चलचित्र तथा सिरियल निर्देशन गरिसकेका निर्देशक मनोज नारायणले निर्देशन गर्दै छन् ।अधिकांश छायाङ्कन कार्य नेपाल र केही अंश भारतमा हुने यस चलचित्रमा संगीत मनोज राज भण्डारी, नृत्यनिर्देशन वसन्त श्रेष्ठ र भुवन श्रेष्ठ, द्वन्द्व रोशन श्रेष्ठ, निर्माण नियन्त्रण कुमार विष्टको रहनेछ । सुटिङ शुक्रबारबाटै शुरू गरिएको छ । रुन्चे प्रेरणाका रमाइला कुरापहिलोपटक नेपाली चलचित्रमा अभिनय गर्न लागेकी कसौटी जिन्दगीकीकी प्रेरणा अर्थात् श्वेता तिवारी त्रिनेत्रका लागि जम्माजम्मी दश दिनको सेड्युल लिएर बिहीबार काठमाडौं आएकी हुन् ।
निजी मेकअपम्यान र एक सहायकका साथ नेपाल आएकी उनी आफनो क्यारियर नेपाली चलचित्रको बारेमा के भन्छिन्, यहाँ प्रस्तुत छ उनीसँग गरिएको कुराकानीः नेपाल कस्तो लाग्यो-मैले सुनेको भन्दा सुन्दर र राम्रो लाग्यो। नेपाल आउने पक्का हुनासाथ म एक्साइटेड थिएँ । केही दिनअघिदेखि इन्टरनेट खोलेर नेपाललाई नियालिरहेकी थिएँ र यहाँ आउनुअघि इन्टरनेटबाटै कतिखेर कस्तो वयदर हुन्छ भन्ने पत्ता लगाएर सोहीअनुसारको प्याकिङ गरें ।
स्रोत: पेज थ्री

No comments: