Monday, January 21, 2008

प्रधानमन्त्रीको स्वास्थ्य सुधार

काठमांडू - राजधानीमा चलेको हल्ला बिपरित प्रधानमन्त्रीको स्वास्थ्य सुधार भएको छ । माघ ५ देखि अस्वस्थ्य रहेका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्वास्थ्य स्थिति क्रमश सुधार हुँदै गएको छ । माघ ८ गते बिहान प्रधानमन्त्रीले प्रधानमन्त्री निवास बालुवाटारमा केही आफन्तसँग कुराकानी पनि गरेको श्रोत बताउछ । श्रोतका अनुसार, प्रधानमन्त्री अहिले कुर्सीमा बसेर कुरा गर्नसक्ने अवस्थामा पुगेका छन् । उभिन र हिड्न भने प्रधानमन्त्री अझै सक्ने अवस्थामा छैनन् ।
यता, माघ ८ गते बिहानै प्रधानमन्त्रीको स्वास्थ्य गम्भीर अवस्थामा पुगेको चर्चा राजधानीमा चलेको थियो । त्यो खवर पाउनासाथ नेपाली कांग्रेसका कार्यकर्ताहरु बिहानै प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । बिहान डा. मानबहादुर केसी र डा. भगवान कोइरालाले केही बेर प्रधानमन्त्रीको स्वास्थ्य परिक्षण गरेका थिए । प्रधानमन्त्रीले चिया, बिस्कुट र हल्का खाना पनि खाएको श्रोत बताउछ ।

No comments: