Thursday, January 31, 2008

नेपालको सबभन्दा होचो भूभाग केचना होइन, मुसहरनिया

रासस-
काठमाडौं- नेपालको सबभन्दा होचो स्थान झापा जिल्लाको केचना नभई धनुषा जिल्लाको मुसहरनिया भएको सम्बन्धित विज्ञले बताएका छन् । झापा जिल्लाको पूर्व दक्षिणमा भारतको सीमा नजिकै अवस्थित केचना गाविस औषत समुद्री सतहबाट ६२।५ मिटर उचाइमा रहेको नेपालको सबैभन्दा होचो भूभाग भनी २०४४ साल पुस १६ गते स्वर्गीय राजा वीरेन्द्रलाई अवलोकन गराइएको थियो ।

सर्भे इन्जिनियर नारायणकृष्ण न्हुच्छें प्रधानले सन् १९९६ मा नापी विभागअन्तर्गत नापी महाशाखाले फिनिस इन्टरनेशनल डेभलपमेन्ट एजेन्सी (फिनिडा) को सहयोगमा प्रकाशित टोपोग्राफिकल नक्सामा मुसहरनियाको उचाई ५९ मिटर रहेको बताउनुभयो । यसैले केचनाभन्दा ३.५ मिटर होचो मुसहरनिया नेपालको सबभन्दा होचो भूभाग हो भन्ने स्पष्ट छ । नेपाल-भारत सीमाको नापीमा लामोसमय सेवा गर्नुभएका नापी विभागका पूर्व उपमहानिर्देशक प्रधानले सन् १८१६ मा भएको सुगौली सन्धिअनुसार महाकाली नदीको उद्गमस्थल लिम्पियाधुरा हो भन्दै खोलाको अनुसन्धानबाट स्पष्ट हुने बताउनुभयो ।

No comments: