Monday, January 21, 2008

झ्यालमा बसेर पढाइ

सल्यान - झ्यालमा बसेर पढ्नुपर्दा कति अप्ठेरो हुन्छ, सजिलै अनुमान गर्न सकिन्छ । जिल्लाको थारमारेस्थित शान्ति प्राथमिक विद्यालयका बालबालिका केही वर्षेखि झ्याललाई बेन्च मानेर पढ्न बाध्य छन् । कक्षाकोठा ज्यादै सा“घुरो र विद्यार्थी बढी भएकाले विद्यार्थी भmयालमा बस्नुपरेको हो ।
०४८ सालमा स्थापित यस प्राविका तीन भवनमा आठ कोठा छन् तर कुनैमा पनि १५ भन्दा बढी विद्यार्थी अटाउन सक्दैनन् । विद्यार्थी बढी भएकाले एक कोठामा ४० जनासम्म विद्यार्थी अटाउनुपर्ने बाध्यता छ ।कक्षाकोठा सा“घुरो भएकाले बस्न समस्या भएको कक्षा ५ का मोहन भण्डारीले बताए । 'छिटो विद्यालय जो गयो त्यही बेन्चमा बस्छ, बा“की सबै झ्यालढोकामा उभिनर्ुपर्छ,' उनले भने । 'कक्षाको क्षमताभन्दा बढी विद्यार्थी भएकाले झ्याल र ढोकामा उभिएर पढ्नुपरेको प्रधानाध्यापक गोपालराम बोहराले बताए । विद्यालयमा २ सय १० बालबालिका छन् । उनका अनुसार कहिलेकाही“ बेन्च बाहिर निकालेर खुला चौरमा पढाइने गरिएको छ । प्रत्येक वर्षविद्यार्थी बढे पनि भौतिक पर्ूवाधार नबढेकाले समस्या भएको बोहरा बताउ“छन् । प्रअ बोहराका अनुसार भवनका छाना हुरीबतासले उडाएकाले छानामा भ्वाङ परेको छ । वषर्ातमा पानी चुहिएर कोठा भरिन्छ । 'प्रत्येक वर्षवषर्ामा १०-१५ दिन बिदा गर्नुपर्छ,' उनले भने- 'यो वर्षकरिब २० दिन बन्द गर्नुपर्‍यो ।'
भवन निर्माणका लागि जिल्ला शिक्षा कार्यालयबाट आर्थिक सहयोग माग गरे पनि कुनै चासो नदेखाएको उनले बताए । अभिभावकले पनि विद्यालयको जर्ीण्ा अवस्थाबारे गुनासो गरेका छन् । जिल्ला शिक्षा अधिकारी मानबहादुर घिमिरेले आउ“दा दिनमा विद्यालयलाई आर्थिक सहयोगको व्यवस्था मिलाउने बताए ।
स्रोत: कान्तिपुर

No comments: