Monday, January 21, 2008

जन्तीबस पल्टिँदा २४ घाइते

बनेपा - काभ्रेको रयालेबाट जन्ती लिएर महादेवस्थानतिर गइरहेको एउटा बस दर्ुघटना हुँदा २४ जना घाइते भएका छन् । घाइतेमध्ये बेहुलासहित ८ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बा २ ख ५८९३ नम्बरको बस बिहान ९ बजे रयाले गाविस वडा नंं ७ को पर्खालचौरमा पल्टिएको थियो ।
क्षमताभन्दा बढी यात्रु चढेकाले बस पल्टेको आशङ्का गरिएको छ । घाइतेहरूको बनेपा सिरमेमोरियल अस्पतालमा उपचार भइरहेको जनाइएको छ । दर्ुघटनापछि बसका चालक र्सर्ूय नापितलाई प्रहरीले पक्रेको छ ।

No comments: