Thursday, January 31, 2008

जनसभामा विस्फोट, ५४ घाइते

वीरगन्ज - सात दलको संयुक्त सभास्थल बाहिर बुधबार बम विस्फोट हुदा प्रमुख जिल्ला अधिकारी भोलाप्रसाद सिवाकोटीसहित ५४ जना घाइते भएका छन् । सभामा भाग लिन गौरबाट वीरगन्ज आइरहेका सात दलका कार्यकर्ता चढेको बसमा भएको अर्को विस्फोटमा ६ जना घाइते भएका छन् ।
सभास्थल बाहिरको विस्फोटमा परेका प्रजिअ सिवाकोटीको बाया आखाको माथि बमको र्छरा गडेको छ । घाइतेहरूको नारायणी उपक्षेत्रीय अस्पताल र एडभान्स मेडिकेयर नर्सिङ होममा उपचार भइरहेको छ । ६ जनाको स्थिति गम्भीर रहेको अस्पतालले जनाएको छ ।
आमसभाका अन्तिम वक्ता विज्ञान तथा प्रविधिमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य फर्मुल्लाह मन्सुरले बोलिरह“दा सभास्थल नारायणी रंगशाला बाहिर चौरमा भाषण सुनिरहेका र्सवसाधारणको ठूलो समूहबीचमै विस्फोट भएको थियो । विस्फोटपछि पनि मन्त्री मन्सुरले संविधानसभा निर्वाचनसम्म यस्ता धेरै विस्फोट सामना गर्नुपर्ने उल्लेख गर्दै सम्बोधनलाई निरन्तरता दिएका थिए । बाहिर उद्धार भइरहेका बेला पनि थप १० मिनेटजति कार्यक्रम चलेको थियो । मधेसी मुक्ति टाइगरकाकन्चन व्रि्रोहीले साझ फोन गरी घटनाको जिम्मेवारी लिएका छन् ।
विस्फोट भएको ठाउ“मा पनि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित थिए । सभाका लागि १ हजार १ सय सशस्त्र प्रहरीसहित झन्डै २ हजार ५ सय सुरक्षाकर्मी परिचालन गरिएको थियो । एक सयभन्दा बढी प्रहरी सवारीसाधन प्रयोग गरिएको थियो । सुरक्षा संयोजनका लागि नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक श्यामसिंह थापा र अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक अमर नेम्वाङ सभास्थलमै थिए । घाइतेमध्येकै एक व्यक्तिले झोलामा ल्याएको बम विस्फोट भएको प्रहरीले बताएको छ । ती व्यक्तिको सुरक्षा नियन्त्रणमा उपचार भइरहेको छ ।
सहभागीहरूलाई प्रहरी सुरक्षामा सभास्थलसम्म ल्याउने व्यवस्था मिलाइएकाले निर्धारित समयभन्दा ३ घन्टा ढिलो कार्यक्रम सुरु भएको थियो । गाउ-गाउबाट ट्याक्टरमा सवार सहभागीलाई एकत्रित गरी सुरक्षा दिएर सदरमुकाम ल्याइएको थियो । चितवन, मकवानपुर, रौतहट र बाराबाट आएका सहभागीलाई सिमरादेखि नै सुरक्षा दिएर ल्याइएको थियो ।

No comments: