Monday, January 28, 2008

आजदेखि क्यान इन्फोटेक

काठमाडौं - कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) को आयोजनामा सूचना तथा सञ्चार प्रविधिसम्बन्धी प्रदर्शनी मंगलबारदेखि राजधानीमा सुरु हुने भएको छ । छ दिनसम्म चल्ने प्रदर्शनीमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकसित नया प्रविधि तथा सेवाहरू देखाइने छन् ।
आयोजकका अनुसार मेलामा अहिलेसम्मकै सानो ल्यापटप, रंगीन प्रिन्टर, बहुउपयोगी उपकरण प्रदर्शन र बिक्री गरिने छन् । प्रदर्शनीमा १७ हजार रुपैयाको हाराहारीमा कम्प्युटर र ४० हजार रुपैयाको हाराहारीमा ल्यापटपसमेत पाइने छ । बहुराष्ट्रिय कम्पनीद्वारा उत्पादित गुणस्तरीय कम्प्युटर उपकरण पनि प्रदर्शनीमा पाइने आयोजकको भनाइ छ ।

No comments: