Sunday, January 20, 2008

विभिन्न ठाउँमा हिमपात

काठमाडौं- शुक्रबार रातिको वर्षा लगत्तै देशका विभिन्न भागमा हिमपातका कारण जनजीवन प्रभावित बन्न पुगेको छ । त्रिभुवन राजपथको दामन, पालुङ, सिमभन्ज्याङ र आघोर गाउँमा शनिबार अपराह्नदेखि हिउँ पर्न थालेको इलाका प्रहरी कार्यालय, पालुङले जनाएको छ । हिमपातका कारण ती गाउँमा जाडो बढेको र त्यसबाट स्थानीय जनजीवनमा प्रतिकूल प्रभाव परेको जनाइएको छ । यसै गरी इलाम, रसुवा, मुस्ताङ, म्याग्दीलगायतका जिल्लामा पनि हिमपात भएको छ । हिमपातका कारण ती जिल्लाका जनजीवन प्रभावित भएको स्थानीय संवाददाताहरूले जनाएका छन् ।

No comments: