Sunday, January 27, 2008

तर्राई समस्यामा सहयोग गर्न भारत तयार

काठमाडौं - नेपालका लागि भारतका राजदूत शिवशंकर मुखर्जीले नेपालको तर्राईमा उत्पन्न समस्या समाधान गर्न नेपाली नेता र जनता नै सक्षम भएको बताउनुभएको छ। ५९औं गणतन्त्र दिवसका अवसरमा शनिबार भारतीय दूतावासमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले यो समस्या समाधानका लागि सबैखाले सहयोग प्रदान गर्न भारत तयार रहेको समेत बताउनुभयो।नेपालले धेरै समस्या बेहोर्नुपरिरहेको र तर्राई त्यसको एक भाग भएको बताउ“दै भारतीय राजदूतले नेपालको आग्रहअनुसार सहयोग गरिने धारणा राख्नुभयो । उहाँले नेपाल र भारतबीचका ९९ प्रतिशत सीमा समस्या यसअघि नै टुंगो लागिसकेको उल्लेख गर्नुभयो । यसअघि आयोजित कार्यक्रममा राजदूतले भारत सरकारका तर्फाट नेपालका विभिन्न निकायलाई एम्बुलेन्स, जेनेरेटर र पुस्तक प्रदान गर्नुभएको थियो । काठमाडौंस्थित भारतीय दूतावासका अनुसार ३० एम्बुलेन्स, ४० केभीए क्षमताका ट्रलीजडित १२ डिजेल जेनेरेटर र पुस्तकहरू नेपालका विभिन्न संघसंस्थालाई उपलब्ध गराइएको छ ।

No comments: