Thursday, February 7, 2008

पूर्व खुल्यो, वीरगन्ज ठप्पै

काठमाडौं - पाँच दिनदेखि बन्द रहेको मेची राजमार्ग आज बिहानदेखि सुचारु बनेको छ । लिम्बुवान् समूहले आफ्ना कार्यकर्ता रिहाइको माग गर्दै पाँच दिन रूख ढालेर अवरुद्ध तुल्याएको मेची राजमार्गमा बिहानदेखि गाडी गुडेका छन् । हिजो भएको वार्तामा सुनसरी प्रशासनले लिम्बुवान्का १५ कार्यकर्ता रिहा गर्ने सहमति जनाएपछि सो समूहले बन्द फिर्ता लिएको छ भने वीरगन्ज आज पनि ठप्प नै रहेको छ । संयुक्त मधेसी मोर्चाले आफ्ना तीन कार्यकर्ताको हत्या भएको भन्दै हिजोदेखि अनिश्चितकालीन रूपमा वीरगन्ज बन्द गराएको छ। मोर्चाका कार्यकर्ताले बजारका चोक-चोकमा आज पनि टायर बालेर अवरोध सिर्जना गर्नुका साथै प्रहरीविरुद्ध नारावाजी गरेकाले तनाव छाएको छ।

No comments: