Friday, February 22, 2008

वैदेशिक रोजगारीमा जाने बढे

काठमाडौं - कामका लागि विदेशिनेको संख्या पछिल्लो सात महिनामा उल्लेख्यरूपमा बढेको छ ।
चालू आवको पहिलो सात महिनामा कामको खोजीमा बाहिरिनेको संख्या १ लाख ३२ हजार ८ सय १२ पुगेको श्रम तथा रोजगार प्रवर्द्धन विभागले जनाएको छ । यो अघिल्लो वर्षो १ लाख ४ हजार ६ सय ६ को तुलनामा २७ प्रतिशत बढी हो ।
यस अवधिमा कतार र संयुक्त अरब इमिरेट्स (यएइ) मा जानेको संख्या ८९ प्रतिशतले बढेर क्रमशः ५० हजार १ सय ३८ र २० हजार ३३ पुगेको छ । साउदी अरेविया जानेको संख्या ३० प्रतिशतले बढेर २४ हजार ५४ पुगेको विभागको तथ्यांकमा छ ।
अघिल्लो वर्षम्म प्रमुख रोजगार गन्तव्यका रूपमा रहदै आएको मलेसियातर्फजानेको संख्या भने यस अवधिमा घटेको छ । तथ्यांकअनुसार गत आवको सात महिनामा ४२ हजार ६ सय २१ जना मलेसिया गएकोमा यस वर्ष२८ हजार १ सय १८ मात्र गएका छन् । यो ३४ प्रतिशतको गिरावट हो । कम पारिश्रमिक, रोजगार असुरक्षा लगायत कारणले त्यसतर्फजानेको संख्या घटेको सम्बद्ध व्यवसायी बताउछन् ।
मासिक आधारमा माघमा मात्रै २१ हजार ८ सय १८ वैदेशिक रोजगारमा गएका छन्, यसमध्ये ६ सय ६३ व्यक्तिगत प्रयासमा बाहिरिएका हुन् । गत वर्षमाघमा म्यानपावर एजेन्सीमार्फ र व्यक्तिगत प्रयासमा १९ हजार ४ सय ६७ रोजगारीका लागि गएका थिए ।
पछिल्लो समयमा रोजगारीका लागि पहिलो रोजाई बनेको कतारमा ७ हजार १ सय १५, साउदी अरबमा ४ हजार ९ सय ६२ र यूएइमा ३ हजार ९ सय २९ गएका छन् ।
द्विपक्षीय श्रम सम्झौतापछि यूएइ जानेको संख्यामा उल्लेख्य सुधार आएको
विभागको तथ्यांकमा छ । मलेसियातर्फमाघमा ४ हजार ४ सय ८६ गएका छन् ।

No comments: