Sunday, February 24, 2008

तर्राईमा बन्द जारी कर्फर्यु हटाइयो

काठमांडू - तर्राईमा विभिन्न समूहले गरेको बन्द जारी रहे पनि आज दिउँसो कतै पनि कफर्यु लगाइएको छैन ।१२ दिनदेखिको बन्दले पूर्वी, मध्य र पश्चिम तर्राईको जनजीवन कष्टप्रद बन्दैगएको छ । सहरमा दैनिक उपभोग्य वस्तुको अभाव बढेको छ।संयुक्त मधेसी मोर्चा र सरकारबीचको वार्ता हिजोबाट टुङ्गिएको छ । एक मधेस एक प्रदेशको माग सरकारले पूरा नगर्ने बताएपछि मोर्चाले आन्दोलन भने जारी राख्ने निर्णय गरेको छ । तर्राईका विभिन्न जिल्लामा लगाइँदैआएको कर्फर्यु भने आज बिहानदेखि हटाइएको छ । अन्य जिल्ला शान्त रहे पनि आज सुनसरीको इनरुवामा हिजो एम्बुलेन्स तोडफोडको घटनालाई लिएर प्रदर्शन भइरहेको महानगरका स्थानीय संवाददाताले जनाएका छन् ।

No comments: