Monday, February 4, 2008

स्ववियु निर्वाचन स्थगित / स्थानीय निकाय गठन नहुने

काठमाडौं - सरकार सञ्चालनका लागि गठित सात दलको उच्चस्तरीय संयन्त्रको बैठक आज पनि माओवादी केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको बैठकले स्ववियु निर्वाचन स्थगित गर्ने निर्णय गरेको छ । साथै बैठकले संविधानसभाको निर्वाचन सम्पन्न नभएसम्म स्थानीय निकाय पनि गठन नगर्ने निर्णय गरेको छ । बैठक बिहान ८ बजेदेखि बस्ने भनिए पनि नेता नआएकाले ९ बजेपछि मात्रै सुरु भएको थियो ।
फागुन १६ गते गर्ने भनिएको स्ववियु निर्वाचन सार्नुपर्ने अडान माओवादीले राखेपछि सात दलबीच मतभेद बढ्दैआएको थियो । स्ववियु निर्वाचन गर्दा पनि संविधानसभा निर्वाचनमा कुनै असर पर्दैन भन्दै नेकपा -एमाले)ले तोकिएकै मितिमा स्ववियु निर्वाचन गर्नुपर्ने अडान राख्दैआएको थियो । प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला पनि स्ववियु निर्वाचन सार्ने पक्षमा रहेकाले आजको बैठकले स्ववियु निर्वाचन सार्ने निर्णय गरेको स्रोतले बताएको छ । माओवादी र काङ्ग्रेस स्ववियु निर्वाचन सार्ने पक्षमा रहेकाले बैठकमा एमाले नेताको कुनै जोर नचलेको माओवादी स्रोतले बताएको छ ।

No comments: