Monday, February 18, 2008

विदेशी निक्ले यौन दुराचारी

कृष्ण भट्टर्राई
डब्लिन (आयरल्यान्ड) - डब्लिन अन्तर्रर्ााट्रय चलचित्र महोत्सवमा प्रदर्शित एउटा वृत्तचित्रले काठमाडौंमा विदेशी पर्यटकद्वारा नेपाली युवामाथि हुने यौन शोषण उजागर गरेको छ ।
आइरिस कवि क्याथल ओ सिरकेजको चरित्र आर्श्चर्यजनक रूपमा उदांगिएको छ । 'फेरी टेल अफ काठमाडौं' -काठमाडौंको परिकथा) शर्ीष्ाक वृत्तचित्रमा आफूलाई समलिंगी बताउने यी कविले सोझा नेपाली युवाहरूलाई फ“साएको घटना देखाइएको छ ।
काठमाडौंका सरकारी क्याम्पसका १७ वर्षो युवा यी कविको प्रलोभनमा परेका छन् । उनीहरूलाई क्याम्पसको शुल्क, पकेट खर्च र थप लाभांशका रूपमा आयरल्यान्ड घुमाउने लोभ बा“डिएको छ ।
पा“च वर्षता ४० वर्षो क्याथलले कम्तीमा डेढ दर्जन नेपाली किशोरस“ग सर्म्पर्क राखेर शोषण गरेको आयरल्यान्डका द आइरिस टाइम्स, आइरिस इन्डिपेन्डेन्ट, डेली आइरिस मेल, मिररले प्रकाशित गरेका छन् ।
क्याथलका यी कर्तुतको पर्दाफास उनकै सहकर्मी आइरिस महिला चलचित्रकर्मी निशा नी सियानिनले गरेकी हुन् । उनी कविको नेपालीहरूप्रतिको सेवाबारे वृत्तचित्र निमर्ँण गर्न चाहन्थिन्, त्यसैले उनी आफ्नो प्राविधिक टोलीसहित काठमाडौं पुगिन् र क्याथल बसेकै बुद्ध होटलमा बस्न थालिन् ।
होटलका नेपाली म्यानेजरले निशास“ग क्याथलको शंकालु चरित्र, उनको कोठामा भइरहने क्रियाकलाप र नेपाली किशोरस“गको घनिष्ठता जानकारी दिएपछि उनको मनमा चिसो पस्यो । उनले कथावस्तु परिवर्तन गर्ने निर्ण्र्ाागरिन् ।
यी कविका कविता यहा“को माध्यमिक तहको पाठ्यक्रममा समावेश गरिएकाले आइरिसहरूले झट्ट यो समाचारप्रति विश्वास गरेनन् । तर द आइरिस मेलका एक पत्रकार साइमन पेरी काठमाडौं पुगेर स्थलगत रिपोर्ट गरेपछि उनका कर्तुत र्सार्वजनिक हु“दै गएका छन् ।
पेरीले काठमाडौंमा गरेको अनुसन्धानअनुसार सम्बन्ध राख्नकै लागि उनले ठमेलस्थित एक होटलको कोठा छ वर्षेखि भाडामा लिएका थिए । उनी गाउ“बाट काठमाडौंका विभिन्न सरकारी क्याम्पसमा अध्ययन गर्न आएका सोझा किशोरलाई लक्षित गर्थे । पत्रिकाले एक किशोरको भनाइ उद्धृत गरेको छ- 'उसले आयरल्यान्ड लगेर उच्च शिक्षा दिलाउने प्रलोभनमा मजस्ता थुप्रैस“ग अवैध सम्बन्ध राखेको थियो ।'
होटलका म्यानेजरले ती कवि आयरल्यान्ड फर्किएपछि उनको कोठाको तलासी गर्दा पचासभन्दा बढी प्याकेट कन्डम, नीला चलचित्रका सिडी तथा अश्लील पत्रिका भेटिएको बताएका थिए ।
वृत्तचित्र बनाएपछि निर्मात्री निशाले यसको एक प्रति आइरिस अधिकारीलाई दिइन् । अधिकारीलाई वृत्तचित्रको विषयवस्तु विवादास्पद लागेपछि आइरिस प्रहरीलाई खबर गरेका थिए । आइरिस प्रहरीले नेपाल प्रहरीस“ग समेत जानकारी लियो ।
कविले आफू समलिंगी भएको तथा नेपाली किशोरस“ग उनीहरूकै सहमतिमा यौनसर्म्पर्क भएको उल्लेख गरेपछि आइरिस प्रहरी यस विषयमा चनाखो भएका हुन् । नेपालमा रहं“दा आफ्नो होटलमा केही नेपाली किशोरस“ग यौनसम्बन्ध राखेको उनले स्वीकारेका छन् । तर उनको तर्क छ, मैले कसैलाई जबर्जस्ती गरेको छैन, किशोरहरूकै सहमति लिएको छु ।
'हामीले नेपालका अधिकारीस“ग सर्म्पर्क गरेका छौं, आइरिस प्रहरीका प्रवक्ता भन्छन्- 'यस विषयमा नेपालमा अनुसन्धान भइरहेको जानकारी पाएका छौं ।'
क्याथलले वृत्तचित्रमा आफूलाई जुन रूपमा प्रस्तुत गरिएको छ, त्यो अस्पष्ट तथा गलत भएको बताएका छन् । कविले वक्तव्यमार्फ वृत्तचित्र निर्माताहरू इमानदार तथा पारदर्शी नभएको आरोप लगाएका छन् । प्रमुख पात्र कविले भने गत डिसेम्बरमा यो वृत्तचित्र हेरेका थिए । उनले भने- 'यसले मेरो प्रतिष्ठामै आ“च पुर्‍याउ“छ ।'

No comments: