Friday, February 22, 2008

पूर्वमन्त्री पुनको निधन

पूर्वमन्त्री नारायणसिंह पुनको उपचारका क्रममा नया“दिल्लीमा बिहीबार निधन भएको छ ।
लामो समयदेखि मृगौला रोगबाट पीडित ५९ वषर्ीय पुन विगत तीन महिनादेखि नया“दिल्लीमा उपचाररत थिए । उनको मृगौला प्रत्यारोपणपछि 'इन्फेक्सन' भएको थियो । उनी समता पार्टर्ीीध्यक्ष समेत थिए ।

पुन एक दशकदेखि नेपाली राजनीतिमा प्रवेश गरेका थिए । त्यसअघि उनी सेनाको हेलिप्टर चालक -प्रमुख सेनानी) थिए । २०५६ सालको आम निर्वाचनमा पुन म्याग्दी जिल्लाबाट सांसदमा निर्वाचित भएका थिए । पुनले पछि २०५९ सालमा समता पार्टीका अध्यक्ष भएका थिए ।
पुन सेनाबाट अवकाशपछि राजनीति र समाजसेवामा लागे । उनी माओवादीसग वार्ता गर्न सरकारी टोलीमा रही सक्रिय भूमिका खेले । उनी कांग्रेसबाट म्याग्दीबाट निर्वाचित सांसदसमेत थिए । पुनले नेपाली कांग्रेस परित्याग गरी आफ्नै अध्यक्षतामा पार्टी गठन गरेका हुन् ।

No comments: