Monday, February 25, 2008

लोकदोहोरी कास्कीलाई

पाल्पा- राष्ट्रिय लोक तथा दोहोरी प्रतियोगितामा कास्कीको समूह पहिलो भएको छ । औद्योगिक व्यापार मेला एवं पर्यटन महोत्सवको अन्तिम दिन शनिबार आयोजित फाइनलमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान, कास्कीले धादिङको समूहलाई पछि पार्‍यो ।
दुवै समूहले पुरस्कारबापत क्रमशः २० हजार र १५ हजार पाए । तेस्रो स्थानमा परेका राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान, रूपन्देही र सुनौलो संगम सांस्कृतिक समूह, काठमाडौंले १० हजार रुपैया“ बा“डे । प्रतियोगितामा १६ समूहले भाग लिएका थिए । उद्योग वाणिज्य संघद्वारा आयोजित महोत्सवमा शनिबारै खुल्ला लोकनृत्य प्रतियोगिता पनि गरियो । यसमा तिलोत्तमा मावि रूपन्देही) पहिलो, न्यु होराइजन मावि -तानसेन, पाल्पा) दोस्रो तथा तानसेन गैरागाउ“ र विशालबजारको समूह तेस्रो भए ।
संघले लोक कलाकार नारायण रायमाझी र दुगा रायमाझीलाई सम्मानसमेत गर्‍यो । महोत्सव गत ३ गते सुरु भएको थियो ।

No comments: