Monday, February 25, 2008

नेपाली मारिएको समाचार गलत सावित

समाचार संस्था रोयटर्सले इराकमा १२ नेपाली कामदार मारिएको आफ्नो समाचार केही घण्टामै सच्याएको छ । इराकमा १२ नेपाली कामदारको हत्या भएको समाचार दिएको रोयटर्स समाचार संस्था स्वयंले आफ्नो समाचार सच्याएको छ । फागुन १३ गते दिउँसो रोयटर्स अनलाईनमा राखिएको त्यो समाचारले नेपाली पाठकलाई केही समय अन्यौल र स्तब्ध बनाएको थियो । रोयटर्सको हवाला दिदै थुप्रै अन्तराष्ट्रिय अनलाईनहरुले त्यो समाचारलाई स्थान दिएका थिए ।
इस्लामिक अतिवादी समूह अन्सार अल सुन्नाले १२ नेपालीको हत्या गरेको दृष्य भिडिओमार्फत फागुन १३ गते सार्वजनिक गरेको समाचार फागुन १३ गते दिउँसो २ बजेसम्म रोयटर्स अनलाईनमा राखिएको थियो । समाचारको भाषाले इराकमा १२ नेपालीको हत्याको अर्को घटना भर्खरै भएको बुझिन्थ्यो । तर, भर्खरै रोयटर्स अनलाईनले आफ्नो समाचार सच्याउदै त्यो भिडिओमा देखाइएको घटना सन् २००४ कै भएको स्पष्ट पारेको छ । तर, रोयटर्सको समाचारमा अतिवादी समूहले त्यसबेलाको घटनाको भिडिओ अहिले किन राख्यो भन्ने स्पष्ट नभएको पनि उल्लेख छ ।
यो समाचारबारे रोयटर्सको समाचार यो वेबसाइटमा हेर्न अनुरोध छ -
http://www.reuters.com/article/latestCrisis/idUSL2587788
स्रोत: हिमालखबर डट कम

No comments: