Sunday, February 10, 2008

हाँस्य कलाकार मैनालीको निधन

काठमाडौं - चर्चित हाँस्य कलाकार गोपालराज मैनालीको गएराति १२:३० बजे दुःखद निधन भयो । ६५ वर्षीय कलाकार मैनाली निमोनिया बिग्रेर विगत एक महिनादेखि काठमाडौं मेडिकल कलेजमा भेन्टिलेटरभित्र उपचाररत हुनुहुन्थ्यो । गएराति साढे १२ बजे उपचारकै क्रममा मैनालीको निधन भएपछि राति नै पशुपतिमा दाहसंस्कार गरियो । स्व. मैनालीको हतारमा दाहसंस्कार गरिनुलाई कलाकार, उहाँका शुभेच्छुक एवम् सर्वसाधारणले गुनासो गरेका छन् ।
एउटा चर्चित हाँस्य कलाकारको निधनमा शोक एवम् श्रद्धाञ्जली अर्पण गर्न पाउनुपर्ने भनाइ अधिकांश शुभेच्छुकको रहेको छ । चर्चित कलाकारलाई बेवारिसे व्यक्तिसरह दाहसंस्कार गरिनु आपत्तिजनक रहेको भनाइ कलाकारको रहेको पाइयो । मैनालीका श्रीमती, छोरी, बुहारी विदेशमै रहेका छन् भने छोरा मात्र मर्ने बेलामा उनका साथमा थिए । आफ्ना बाबु चर्चित कलाकार भएकाले एकदिन शुभेच्छुकलाई श्रद्धाञ्जलि अर्पण गर्न दिनुपर्ने मैनालीका छोराको इच्छा थियो । तर उनकी सानीआमा ममताले कलाकार र शुभेच्छुक कोही चाहिँदैन भन्दै जबर्जस्ती हतारमा मैनालीको शव पशुपति लगेर दाहसंस्कार गर्न लगाएकी हुन्। ममताको भनाइ थियो- ँजिउँदो हुँदा कसैले हेरेनन्, अब मरेपछि केको बिलौना । रङ्गमञ्चदेखि चलचित्रसम्म जीवन्त हाँस्य अभिनय गर्न सफल कलाकार मैनालीलाई चङ्खे? उपनामले चिनिन्थ्यो । चलचित्र सिन्दूरमा वसुन्धरा भुसालसँग जोडी बाँधिएदेखि मैनाली चङ्खे उपनामले चिनिँदैआएका थिए । दर्जनौँ चलचित्र र नाटक खेलेका मैनालीले पछिल्लो समयमा थुप्रै टेलिचलचित्रमा समेत हाँस्य पात्रका रूपमा अभिनय गर्दैद्मआएका थिए ।

No comments: