Thursday, February 28, 2008

ठूला अपहरणकारी पक्राउ

काठमाडौं- भारतको मुर्म्बईमा अपहरणको योजना बनाई नेपालका धनाढय, उद्योगपति, व्यापारी, डाक्टरलगायतका वर्गलाई अपहरण गरी करोडौं रुपियाँ फिरौती रकम उठाउने गिरोहलाई प्रहरीले बुधबार र्सार्वजनिक गरेको छ ।

लागू औषध मुद्दामा तीन पटकसम्म सजाय पाई साढे २२ वर्षम्म कैद सजाय भोगी जेलबाटै उपचारको बहानामा फरार अमर टण्डन र उनका प्रमुख सहयोगी रामकुमार प्याकुरेललाई प्रहरीले पक्राउ गरी र्सार्वजनिक गरेको हो । पुख्र्यौली घर गुल्मीको चारपाला रहेका टण्डनको रूपन्देही जिल्ला अमुवा गाविस-३ मा पनि घर रहेको र हाल उनी मुर्म्बई गोरेगाउँ र काठमाडौं वसुन्धरामा अस्थायी बसोबास गर्दै आएका थिए भने प्याकुरेल नुवाकोटका रहेको प्रहरीले जनाएको छ । उपत्यकालगायत देशका प्रमुख शहरमा अपहरणको घटना बढ्न थालेपछि महानगरीय प्रहरी अपराध महाशाखा हनुमानढोकाले छुट्टै सेल गठन गरी गिरोहका मुख्य योजनाकार मानिने टण्डनलाई भारतीय प्रहरीको सहयोगमा गएको आइतबार मुर्म्बईबाट पक्राउ गरिएको थियो । महाशाखाका प्रहरी उपरीक्षक देवेन्द्र सुवेदीको संयोजकत्वमा गठित टोलीले टण्डनलाई मुर्म्बईमा पुगी पक्राउ गरेको थियो । प्याकुरेललाई भने सोमबार काठमाडौं महानगरपालिका सिनामंगलबाट पक्राउ गरिएको थियो । प्याकुरेल सो गिरोहका सहायक योजनाकार मानिन्छ।इन्टरपोलले रेर्डकर्नर नोटिस जारी गरेका टण्डनले मुर्म्बईबाट अपहरण गर्ने आदेश दिने गरेका थिए।मोटरसाइकल चोरी मुद्दामा डिल्लीबजार सदरखोरमा कैदमा हुँदा रामकुमार प्याकुरेल र भारतीय नागरिक अर्जुन भनिने अविनाशसँग अपहरणको योजना बनाएको बताउने टण्डनको गिरोहमा आठ जना अपराधी रहेको प्रहरीले जनाएको छ।

No comments: