Friday, February 15, 2008

कतारमा नेपालीलाई भिसा रोक्का

कतार सरकारले तीन सातादेखि नेपाली कामदारलाई भिसा दिनमा रोक लगाएको छ ।
भिसा रोकबारे दोहास्थित नेपाली दूतावास र अन्य निकायमा औपचारिक जानकारी नरहेको भए पनि स्थानीय म्यानपावर व्यवसायीका अनुुसार जनवरी अन्तिम सातादेखि नया“ भिसा दिइएको छैन । दूतावासमा पनि जनवरी दोस्रो सातासम्म पुुरानो मागमा आएका भिसा कागजात मात्रै अनुुमोदन गर्ने काम भइरहेको छ । 'मैले दर्ुर्ुइ दिनअघि पनि गृहमन्त्री सेख अब्दुुल्ला विन नसिर विन खालिफा अल थानीलाई भेटेर यो चासो राखेको थिए“,' राजदूत डा. र्सर्ूयनाथ मिश्रले बिहीबार कान्तिपुुरस“ग भने- 'तर भिसा नरोकिएको जानकारी पाएको छुु ।'
स्रोतका अनुुसार जनवरी २३ यता कतार सरकारले एउटै पनि कामदार भिसा प्रदान गरेको छैन । त्यसअघि जनवरी २१ मा श्रममन्त्री रमेश लेखकले दोहा आएर नेपाल-कतार श्रम सम्झौता गरेका थिए । 'गृहमन्त्रीले सन् २००८ मा एक लाखको संख्यामा कामदार भिसा प्रदान गरिने प्रतिबद्धता दोहोर्‍याउनुुभएको छ,' राजदूत डा. मिश्रले भने । आफूले गृहमन्त्रीलाई भेटेर नेपालबाट दक्ष जनशक्तिसमेत ल्याउनका लागि आवश्यक पहल गर्न आग्रह गरेको बताए ।
अहिले कतारमा २ लाख ६६ हजार नेपाली कामदार रहेको सरकारी तथ्यांक आधारमा नेपालीको बढ्दो संख्यालाई रोक्न केही समयका लागि भिसा रोकिएको हुुनसक्ने स्थानीय उद्यमी डा. डीके डंगोलले बताए । 'यहा“ यस्तो भइरहन्छ,' उनले भने- 'औपचारिक जानकारीबिनै पनि कामदार समायोजनलगायतका प्रक्रिया मिलाउन भिसा रोकिने गरेको छ ।' यसअघि सन् २००६ मा पनि छ महिनाका लागि भिसामा रोक लगाइएको थियो । अझै केही विशिष्ट कम्पनी र तहमा भने फाटफुुट भिसा दिने काम जारी रहेको डंगोलले बताए ।
मिश्रका अनुुसार थानीले नेपाली कामदारको खुुलेर प्रशंसा गरेको र कुुनै हालतमा हडतालमा नउत्रन आग्रह गरेका थिए । खाडी मुुलुुकमध्ये सरकारले सबैभन्दा बढी प्राथमिकतामा राखेको र गन्तव्य रोजगारी स्थलका रूपमा कतार चिनिं“दै आएको छ ।

No comments: