Wednesday, February 27, 2008

हावामा धूलो बढ्यो

काठमाडौं - चौध महिनादेखि वायुमा धूलोको मात्रा बढ्न थालेको तथ्य बुधबार र्सार्वजनिक भएको छ । हावामा दस माइक्रो ग्रामभन्दा साना धूलोका कणको मात्रा बढेको र यसले स्वास्थ्यमा अझ बढी असर पार्ने विज्ञहरूले चेतावनी दिएका छन् ।
'वायुको स्तर सुधार हु“दै गएको देखेर हामी सबै ढुक्क थियौं । एक वर्षता खस्किन थालेको छ,' वातावरण तथा जनस्वास्थ्य संस्था -इन्फो) का कार्यकारी निर्देशक भूषण तुलाधरले अध्ययन प्रतिवेदन र्सार्वजनिक गर्दै भने । उक्त प्रतिवेदन वातावरण मन्त्रालयअर्न्तर्गत उपत्यकाका छ स्थानमा बनाइएका वायु प्रदूषण मापन केन्द्रबाट प्राप्त तथ्यांकका आधारमा तयार गरिएको हो ।
वायु प्रदूषणले निम्त्याउने श्यावप्र्र्रश्वाससम्बन्धी रोगबाट उपत्यकामा १६ सयको मृत्यु हुने गरेको अनुमान वातावरण मन्त्रालयको छ । अस्पतालहरूमा श्वासप्रश्वास, छाला र आ“खाका रोगीको संख्या बढेको छ । पर्यटकहरूमा“झ गरिएका र्सर्वेक्षणले पनि 'वायु प्रदूषण' लाई ठूलो समस्याका रूपमा औंल्याएका छन् । उपत्यकाको वायुको स्तर विश्व स्वास्थ्य संगठनको मापदण्ड -२० माइक्रोग्राम प्रतिघनमिटर) भन्दा छ गुणा बढी खराब छ । राष्ट्रिय मापदण्ड -१ सय २० माइक्रोग्राम प्रतिघनमिटर) को हाराहारीमा छ ।
तथ्यांकअनुसार सन् २००३ देखि सुधार हुदै आएको वायुको स्तर २००५ मा ह्वात्तै खस्किएको थियो । ००६ मा केही सुधार भए पनि सन् २००७ देखि स्तर खस्किने क्रम जारी छ ।

No comments: