Tuesday, February 19, 2008

तराई बन्दको बन्दै

काठमाडौँ - संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गरेको अनिश्चितकालीन तर्राई हडतालको छैटौँ दिन आज पनि तराईको जनजीवन नराम्ररी प्रभावित भएको छ ।

नेपालगन्जमा हिजो दिउँसो २ बजेदेखि लगाइएको अनिश्चितकालीन कफर्यु हटाइएको छैन भने आज बिहान पनि प्रहरीले केही राउन्ड हवाइफायर गरेको छ । आन्दोलनरत पक्ष र प्रहरीबीच भएको झडपमा परी मृत्यु भएका गुलजार खानको शवयात्रा गर्ने फोरमको कार्यक्रम कफर्युले गर्दा हुन सकेन । अत्यन्तै कडा बनाइएको सुरक्षा स्थितिले नेपालगन्जमा मूदाशान्ति छाएको छ । सम्पूण पत्रपत्रिका बन्द रहेका छन् भने अति आवश्यक वस्तुको अभाव भएको छ । यसैबीच हिजोको झडपमा परी गम्भीर घाइते भएका एक आन्दोलनकारीलाई उपचार्रार्थ भारतको लखनउ पठाइएको छ ।

गुलरियामा हिजो पक्राउ परेका आन्दोलनकारी छाडिएको विरोधमा आज बिहानैदेखि आन्दोलनकारी र आन्दोलनविरोधीको झडप सुरु भएको छ । हिजो गुलरियामा प्रदर्शनकारीले तीन होटेलमा तोडफोड गरी एउटा मोटरसाइकलसमेत जलाइदिएपछि प्रहरीले तीन जनालाई नियन्त्रणमा लिई फेरि उपस्थित हुने र्सतमा छाडेको थियो । वीरगन्ज, पर्सा बारा, जनकपुर, जलेश्वरलगायतका क्षेत्रमा बन्दको प्रभाव परेको छ । पूर्वी तर्राईमा भने आजबाट बन्दको सङ्गठित रूपमै अवज्ञा सुरु गरिएको स्थानीय संवाददाताले जनाएका छन् ।

No comments: