Monday, February 11, 2008

लगाम कस्न बैठक

काठमाडौँ - सरकार सञ्चालनका लागि गठित सात दलीय उच्चसंयन्त्रको बैठक आज बिहानैदेखि माओवादी केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको छ । आजको बैठकमा संविधानसभा निर्वाचन, शान्ति सुरक्षाको स्थिति, मधेस आन्दोलन, छवटा संवैधानिक आयोगको टुगो, संयन्त्रको कार्यतालिका निर्माणलगायतका विषयमा छलफल हुने बताइएको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले राज्यका सबै अङ्कमा समावेशीको सिद्धान्त लागू गर्ने निर्णयागरेपछि त्यसको कार्यान्वयनका बारेमा पनि छलफल हुने स्रोतले बताएको छ ।

No comments: