Friday, February 29, 2008

लोडसेडिङ घट्यो

काठमाडौं- कुलेखानी दोस्रोको एउटा युनिट १६ मेगावाट) ले बिजुली उत्पादन गर्न थालेपछि विद्युत् प्रधिकरणले शुक्रबारदेखि साताको छ घन्टा लोडसेडिङ हटाउने भएको छ । यसअघि साताको साढे ४६ घन्टा लोडसेडिङ थियो ।
राति १२ देखि भोलिपल्ट बिहान ४ बजेसम्म गर्दै आएको लोडसेडिङ पूण रूपमा हटेको प्रधिकरणले जनाएको छ । त्यस्तै बिहान ४ देखि ८ बजेसम्मको लोडसेडिङ पनि एक घन्टा कटौती भएको छ । यसअनुसार शुक्रबारदेखि बिहान ५ देखि ८ बजेसम्म विद्युत् आपर्ति कटौती हुनेछ । त्यस्तै बिहान ९ देखि दिउसो १ बजेसम्म हुदै आएको लोडसेडिङ १२ बजेसम्म कायम हुने प्रँधिकरणको भार प्रेषण केन्द्रले बिहीबार जारी गरेको विज्ञप्तिमा छ ।
प्रधिकरणले अत्यधिक बिजुली खपत हुने समय बेलुकी ५ देखि ९ बजेसम्मको लोडसेडिङ तालिका भने यथावत् राखेको छ । प्रधिकरणले यसअघि विभिन्न १२ खण्डमा लोडसेडिङ तालिका बनाएको थियो । रातिको लोडसेडिङ हटेपछि ११ वटा खण्डमा विभिन्न ७ समूहमा आपूर्ति कटौती हुनेछ । प्राधिकरणको उत्पादन महाप्रबन्धक डा. जीवेन्द्र झाका अनुसार कुलेखानी-२ को अर्का युनिट -१६ मेगावाट) आगामी चैत १८ गते मर्मत पूरा हुनेछ ।
कुलेखानी दोस्रको दइवटा युनिट गरेर थप ३२ मेगावाट प्रणालीमा जोडिएपछि लोडसेडिङमा सुधार हुने अपेक्षा प्रधिकरणले गरेको छ । गत वर्षो चैत महिनामा एउटा युनिट ब्रिरेपछि त्यसलाई मर्मत गर्ने क्रममा अर्का युनिट पनि बन्द हुन पुगेको थियो । त्यही बन्द भएको युनिट गत बुधबारदेखि सञ्चालन भएको हो ।
यतिखेर प्रणालीमा करिब ७ सय ५० मेगावाट बिजुली माग छ भने आपर्ूर्ति अझै करिब २ सय ५० मेगावाट अपुग छ । सरकार र लोकतान्त्रिक मधेसी मोर्चाबीच बिहीबार भएको सम्झौतापछि तर्राई क्ष्ँेत्रका उद्यँे ग, कलकारखाना सुचारु हुने भई माग फेरि बढ्ने प्रँधिकरणले जनाएको छ ।

No comments: