Thursday, February 14, 2008

पेट्रोल लुकाउन खोज्दा डेरा ध्वस्त

काठमाडौं - राजधानीमा पेट्रोलको हाहाकार भइरहेको बेला क्षेत्रपाटीमा हिजो डेरावालले कोठामा पेट्रोल लुकाउन खोज्दा आगलागी भई डेरा ध्वस्त हुनपुग्यो । प्राप्त विवरण अनुसार क्षेत्रपाटीस्थित गोकुल पूजारीको घरमा डेरागरी बस्ने नुवाकोटका कमल लामाले गएराति कोठामा पेट्रोल ल्याएर अर्को भाँडामा खन्याउन खोज्दा अचानक आगलागी हुनपुग्यो । आगलागीबाट कोठाका सम्पूर्ण सामान जल्दा करिब एक लाख बराबरको धनमाल जली नष्ट भएको प्रहरीले जनाएको छ । पेट्रोलजस्तो अति प्रज्ज्वलनशील पदार्थ सावधानीपूर्वक राख्न नसक्दा सो आगलागी भएको प्रहरीले जनाएको छ ।

No comments: