Friday, February 8, 2008

मृगौला गिरोह प्रमुख डा. अमित पक्राउ

काठमाडौं - भारतको महाराष्ट्रस्थित गुडगावका मृगौला प्रत्यारोपण गर्ने गिरोहका नाइके डा. अमित कुमारलाई प्रहरीले चितवनको सौराहामा पक्राउ गरेको छ । 'अमित कुमारसहितका तीन जनालाई सौराहाबाट बिहीबार साझ ५ बजे प्रहरीले पक्राउ गरेको छ,' गृह राज्यमन्त्री रामकुमार चौधरीले बिहीबार राति भने ।
डा. अमितलाई होटलबाट आएको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको थियो । मध्यमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक -डीआईजी) किरण गौतमले भने- 'चितवनतिरै अमित आएको सूचनाका आधारमा सुरक्षाकर्मी परिचालित थिए । त्यसै क्रममा होटलमा शंकास्पद हुलियाका व्यक्ति रहेको सूचना आएपछि प्रहरी पठाउ“दा लवीमा बसिरहेको अवस्थामा डा. अमितलाई पक्राउ गरिएको थियो ।' गौतमका अनुसार अभियुक्तका साथबाट १ लाख ४५ हजार युरो र १८ हजार ९ सय अमेरिकी डलर नगद र ९ लाख ३६ हजार भारतीय रुपैयाको बैंक ड्राफ्ट फेला परेको छ ।
उनलाई राति यो समाचार लेख्दासम्म -साढे ११ बजे) जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राखी बयान लिने कार्य भइरहेको थियो । डा. अमितलाई शुक्रबार काठमाडौं पर्ठाई थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ । चितवनस्थित कान्तिपुर संवाददाता विनोद त्रिपाठीका अनुसार होटलमा काम गर्ने कर्मचारीले दिएको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ गरेको देख्ने क्षेत्रीय होटल संघका सचिव दामोदर रेग्मीका अनुसार उनीहरू वाइल्ड लाइफ क्याम्प होटलको सात नम्बर कोठामा बसेका थिए ।
रेग्मीका अनुसार अभियुक्त डा. अमित एकदमै हतास र डराएको स्थितिमा थिए । उनलाई पत्रिकामा प्रकाशित तस्बिरका आधारमा होटलका कर्मचारीले प्रहरीलाई सूचित गरेका थिए । उनी साइबर जानेबाहेक आवश्यक पर्ने सम्पूण् सामग्री कोठामै मगाउने गर्थे ।

No comments: