Wednesday, February 13, 2008

डेनमार्कमा नेपालीको डेरामा आगलागी

डेनमार्कमा नेपाली विद्यार्थी मिलेर भाडामा लिएको एक घरमा शुक्रबार राति आगलागी हुदा २२ जनाको बिचल्ली भएको छ । आवास र भोजनका लागि सडकमा भौंतारिदै हिड्नु परेको एक विद्यार्थीले बताए ।
'हिजो राति दूतावासले एक छाक खान दिएको थियो' चितवन नारायणगढका निरज पाण्डेले मंगलबार टेलिफोनमा भने- 'त्यसपछि केही खाएको छैन ।'
आगलागीको कारण खुल्न नसकेको उनले बताए । 'मस्त निदाएको थिएं' निरजले भने- 'ब्युझदा चारैतिर आगाको लप्का देखे“ ।' उनका अनुसार बाहिर इटा र भित्र काठले बनेको चार तले घरमा २२ नेपाली युवा बस्दै आएक थिए । 'भएभरका मालसामान, खानेकुरा र कागजपत्र जले' उनले ।
आगलागीपछि आफूहरू घर न घाटको भएको निरज बताउछन् । 'यस्तो जाडोमा मैले तीन रात पातलो टिर्सट लगाएर काटे' उनले भने । शनिबार र आइतबार स्थानीय युवा र नगरपालिकाले बनाएको गेस्ट हाउसमा डेनमार्क सरकारले सुत्न दिएको थियो ।
कागजपत्र देखाउन नसके डेनमार्क सरकारले कारबाही गर्ने डरले थप चिन्ता बढाएको उनले बताए । 'साथीहरू कता कता गए केही थाहा छैन' उनले भने ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता हीराबहादुर थापाका अनुुसार विद्यार्थीमाथि परेको विपतबारे दूतावासले पत्राचार गरिसकेको
छ । 'पीडितका सबै कागजपत्र निःशुल्क बनाइदिन्छौं' उनले
भने । त्यसका लागि दूतावासमा सर्म्पर्क राख्न उनले आग्रह गरे । घटनाबारे आफूले दर्ुइ दिनअघि मात्रै थाहा पाएको उनकी दिदी सुनयनाले बताइन् । उनी भाइलाई मद्दत गर्न सकिन्छ कि भनेर मंगलबार राजधानी आएकी छन् ।

No comments: