Sunday, February 24, 2008

तेल भर्न पनि जोर-बिजोर

काठमाडौँ - जोर बारमा जोर सवारीसाधन, बिजोर बारमा बिजोर सवारीसाधनलाई मात्र इन्धन बाँढ्ने विषयमा आज पेट्रोलियम डिलर एसोसिएसन र नेपाल आयल निगमबीच अन्तिम वार्ता भइरहेको छ ।
इन्धन बिक्रीका लागि निगमले कोटा प्रणालीमा पेट्रोल पम्पलाई इन्धन उपलब्ध गराउनुपर्ने माग उठ्नु र मागअनुरूपको पेट्रोलियम पदार्थ उपलब्ध गराउन नसकेपछि नेपाल आयल निगमले भोलिदेखि सो नियम लागू गर्न लागेको हो ।
यसका लागि मोटरसाइकल, ट्याक्सी, निजीकार र भाडाका सवारीसाधनलाई छुट्टाछुट्टै पेट्रोल पम्पमार्फ जोर/बिजोर प्रणालीअर्न्तर्गत इन्धन वितरण गरिनेछ भने अत्यावश्यक सवारीसाधनलाई छुट्टै पम्प निर्धारण गरिने बताइएको छ । आपूर्ति व्यवस्थालाई सरलीकृत गर्ने, मोटरसाइकललाई एकपटकमा पाँच सय रुपियाँ, कारलाई आठ सय, ट्याक्सी तथा भाडाका सवारीलाई एक हजार पाँच सय रुपियाँसम्मको इन्धन उपलब्ध गराउने भएको छ । त्यसैगरी शैक्षिक संस्थालाई एक हजार रुपियाँको र लामो दूरीका लागि बढीमा तीन हजार रुपियाँसम्मको मात्र इन्धन उपलब्ध गराउने छ ।

No comments: