Friday, February 22, 2008

मनकारी मिलन


गायक मिलन लामा विदेसिनुको कारण एउटै छ- टोपी थाप्ने । त्यसरी नै उनी पैसा बटुल्छन् र फर्केर स्कुल, एम्बुलेन्स या अन्य सामाजिक काममा खर्चिन्छन् ।
यसपटक पनि त्यसै गरे । हालै मलेसिया पुगेका उनले सांगीतिक प्रस्तुतिमा टोपी थापे । ४० हजार रुपैया“ बोकेर फर्केका उनले चेपाङ मात्रै पढ्ने एक विद्यालयलाई सहयोग गरे । गायनलाई सामाजिक कार्यमा उपयोग गर्ने उनको यो अजबको तरिका नै रहेछ । 'माझी दाइ पोखरा फेवातालको...' लगायत चर्चित गीतका यी गायक हालै मलेसियास्थित पेनाङ संगम सांस्कृतिक समूहको पहलमा आयोजित सांगीतिक कार्यक्रममा टोपी थाप्न पुगेका थिए । 'यस्तो अभियानलाई धेरैले रोचक माने,' उनले सुनाए- 'सहयोग पनि पाइयो ।'
कलालाई मनोरञ्जन मात्र नभई सिर्जनात्मक र सामाजिक कार्यसग जोड्नुपर्ने उनी बताउ“छन् । 'जहा“ जान्छु, अब म यस्तै गर्छु हालै अन्तोद्वय जनजाति आवासीय माविलाई रकम हस्तान्तरण गरेपछि उनले भने । उनले गत वर्षपनि बेलायतमा एक प्रस्तुतिबाट उठेको ७० हजार रुपैया एक स्कुललाई प्रदान गरेका थिए ।

No comments: