Monday, February 18, 2008

फुटपाथे बजार हटाइने

काठमाडौँ - वसन्तपुरमा रात्रिबजार हटाइएलगत्तै फुटपाथे बजार पनि व्यवस्थापन गर्न आज साँझ ४ देखि ६ बजेसम्म काठमाडौँ महानगरपालिका र स्थानीय बासिन्दाले विशेष अभियान थाल्ने भएका छन् । काठमाडौँ दरबार क्षेत्र संरक्षण तथा व्यवस्थापन महासमितिले सम्पदा क्षेत्र्रभित्र पर्ने वडा नं.१९, २०, २३ र २५ गरी चार वडाभित्र अनियमित र अव्यवस्थित बजार क्रमशः हटाउँदै विश्वसम्पदा क्षेत्रको संरक्षणमा टेवा पुर्याइने बताइएको छ ।

No comments: