Monday, February 18, 2008

महानगरपालिकाले फोहोर उठाउने

काठमाडौं - सरकारले फोहोर संकलन र ढुवानीका निम्ति पेट्रोलियम पदार्थ उपलब्ध गराउने भएपछि आज सोमबारदेखि उपत्यकाभित्र फोहोर संकलन र ढुवानी हुने भएको छ । ढुवानीका निम्ति पेट्रोलियम पदार्थ नभएपछि काठमाडौं महानगरपालिकाले फोहोर संकलन गर्न सकेको थिएन । सञ्चारमाध्यमले समाचार प्रकाशित गरेपछि सरकारले पेट्रोलियम पदार्थ दिने भएको छ, कामपा वातावरण विभागप्रमुख इन्जिनियर रविनमान श्रेष्ठले महानगरसँग भन्नुभयो, आज सोमबारदेखि फोहोर ढुवानी र संकलन गर्नेछौं । यसैबीच पेट्रोलियम पदार्थ सुलभ रूपमा उपलब्ध गराउनुपर्ने माग गर्दै कामपाले आज आयल निगमसँग वार्ता गर्ने भएको छ ।

No comments: