Thursday, February 28, 2008

मुस्ताङमा मोबाइल चल्यो

हिमालपारिको जिल्ला मुस्ताङमा मोबाइल फोन सञ्चालन भएको छ । मुस्ताङको सदरमुकाम जोमसोममा बुधबार मोबाइल टावर सफल परीक्षण गरिएको छ । जीएसएम प्रविधिको यो टावरले सर्म्पर्क गरेपछि प्रिपेड तथा पोस्ट पेड मोबाइल सञ्चालन हुनेभएको छ । त्यस क्षेत्रमा बागलुङकै मोबाइल नम्बर वितरण हुनेछ ।
हिमालपारिका दुइ जिल्लामध्ये मुस्ताङमा पहिलोपटक मोबाइल चलेको हो । मोबाइलसगै सीडीएमएको बीटीएस टावर पनि बिहीबारदेखि सञ्चालनमा आउने नेपाल टेलिकम पोखराका प्रमुख र्सूयनारायण मालाकारले बताए । मालाकारले जोमसोमको टावर धौलागिरिको छैटौं टावर भएको बताए ।

1 comment:

magia said...

Bonjour! J'ai visité ton blog, mais je ne parle pas ta langue. Je suis brésilien.