Tuesday, February 26, 2008

देशभर उम्मेदवारी दर्ता

काठमाडौं- आउँदो चैत २८ गतेका लागि निर्धारित संविधानसभा निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अर्न्तर्गत उम्मेदवारहरूले सोमबार ७५ वटै जिल्लाका सबै निर्वाचन क्षेत्रमा मनोनयनपत्र दर्ता गराएका छन् ।

निर्वाचन आयोगको पूवनिर्धारित कार्यक्रमअनुसार २ सय ४० स्थानका लागि हुने उक्त निर्वाचनमा केही स्थानमा छिटपुट अवरोधबाहेक सबैतिर शान्तिपूण रूपमा मनोनयनपत्र दर्ता भएको थियो । जिल्ला निर्वाचन कार्यालयमा प्रत्येक निर्वाचन क्षेत्रका लागि अलग अलग स्थापित एकाइमा उम्मेदवारहरूले मनोनयपत्र दर्ता गराएका थिए । सत्तारूढ दलमध्येको प्रमुख दल नेकपा (एमाले) का महासचिव माधवकुमार नेपालले काठमाडौंको क्षेत्र नं. २ र नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल -प्रचण्ड) ले क्षेत्र नं. १० बाट उम्मेदवारी दर्ता गराउनुभएको छ। साथै नेपालले रौतहट क्षेत्र नं. ६ बाट र प्रचण्डले रोल्पा क्षेत्र नं. १ बाट पनि आफनो उम्मेदवारी दर्ता गराउनुभएको छ।यसै गरी नेपाली कांग्रेसका उपसभापति प्रकाशमान सिंह र केन्द्रीय सदस्य नरहरि आचार्यले काठमाडौंको क्रमशः क्षेत्र नं. १ र ५ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ। त्यस्तै नेपाली कांग्रेसका अन्य उम्मेदवारमा २ बाट दीपककुमार कुइकेल, ३ बाट चन्द्रबहादुर ठकुरी, ४ बाट सुप्रभा घिमिरे, ६ बाट भीमसेनदास श्रेष्ठ, ७ बाट प्रमिला सिंह, ८ बाट नवीन्द्रराज जोशी, ९ बाट ध्यानगोविन्द रञ्जित र १० बाट राजन केसीले मनोनयपत्र दर्ता गराउनुभएको छ।त्यस्तै एमालेका तर्फाट काठमाडौं क्षेत्र नं. १ बाट प्रदीप नेपाल, ३ बाट रामेश्वर फुयाल, ४ बाट विद्या भण्डारी, ५ बार्टर् इश्वर पोखरेल, ६ बाट योगेश भट्टर्राई, ७ बाट राजेन्द्र श्रेष्ठ, ८ बाट अष्टलक्ष्मी शाक्य, ९ बाट कृष्णगोपाल श्रेष्ठ र १० बाट सानु श्रेष्ठले उम्मेदवारी दर्ता गराउनुभएको छ।यसै गरी नेकपा (माओवादी) को तर्फाट क्षेत्र नं. १ बाट राममान श्रेष्ठ, २ बाट झक्कु सुवेदी, ३ बाट मनु हुमागार्इं, ४ बाट पवनमान श्रेष्ठ, ५ बाट विपिन्द्र महर्जन, ६ बाट हितमान शाक्य, ७ बाट हिसिला यमी, ८ बाट सर्वोत्तम डंगोल र ९ बाट माइला लामाले उम्मेदवारी दर्ता गराउनुभएको छ।काठमाडौंबाट विभिन्न पार्टी तर्फाट १ सय १४ जना र स्वतन्त्रबाट १ सय ७ जना गरी कुल २ सय २१ जनाले उम्मेदवारी दर्ता गराएका थिए।मनोनयन दर्ता गराउने चर्चित उम्मेदवारहरूमा डा. बाबुराम भट्टर्राई -गोरखा-२), सुशील कोइराला -बाँके-३), शेरबहादुर देउवा -कञ्चनपुर-४ र डँडेलधुरा), केपी ओली -झापा-७), सुजाता कोइराला -सुनसरी-५), अमिक शेरचन (चितवन-५), पशुपतिशमशेर राणा -सिन्धुपाल्चोक-१ र ३) लगायत हुनुहुन्छ।मनोनयन दर्ता गराउनका लागि उपस्थित हुनुभएका माओवादी अध्यक्ष प्रचण्डले संविधानसभा निर्वाचनलाई सफल बनाउन आवश्यक परे नेपाली सेना र जनमुक्ति सेना परिचालन हुने बताउनुभएको थियो।तर्राईमा जारी आन्दोलनका कारण संविधानसभा निर्वाचन सहज रूपमा सम्पन्न गर्न गाह्रो हुने आशंकाका सम्बन्धमा सञ्चारकर्मीहरूसँग टिप्पणी गर्दै प्रचण्डले अहिले त्यस्तो अवस्था नआएको र त्यस्तो अवस्था आएमा सेना परिचालन हुन सक्ने बताउनुभयो।अहिले मधेसमा सिर्जित समस्या त्यहाँका जनताको समस्या नभएको दाबी गर्दै प्रचण्डले निर्वाचन बिथोल्ने र वितण्डा मच्चाउने तत्त्वले समस्या सिर्जना गराए पनि त्यसको सामना गरिने बताउनुभयो।संविधानसभा निर्वाचन दशकौंदेखिको नेपाली जनताको चाहना भएको र जनताको बलिदानबाट सम्पन्न हुन लागेका कारण आफूलाई हर्षर गौरव दुवै लागेको टिप्पणी गर्दै उहाँले आफनो पार्टीयसमा सफल हुने दाबीसमेत गर्नुभयो।नेकपा (एमाले) का महासचिव माधवकुमार नेपालले नेपाली जनताको नयाँ नेपाल निर्माण गर्ने चाहना आसन्न संविधानसभा निर्वाचनले पूरा गर्ने टिप्पणी गर्नुभयो। नेपाली कांग्रेसका उपसभापति प्रकाशमान सिंहले संविधानसभापछि नयाँ नेपालको निर्माण हुने विश्वास व्यक्त गर्नुभयो।

No comments: