Saturday, February 23, 2008

माओवादीले सबै उम्मेदवार छान्यो

काठमाडौं - नेकपा -माओवादी)ले चैत २८ गते हुने संविधानसभा निर्वाचनका लागि २४० क्षेत्रकै प्रत्यक्ष उम्मेदवारको नाम सार्वजनिक गरेको छ । जसअनुसार माओवादीका प्रचण्ड, बाबुराम भट्टराई, बादल, महरालगायतले सुरक्षित क्षेत्र रोजेका छन् भने वनमन्त्री मातृका यादवलाई उम्मेदवार छानिएको छैन ।

माओवादी अध्यक्ष प्रचण्ड काठमाडौं क्षेत्र नं. १० र रोल्पा क्षेत्र नं. २ बाट उठ्दैछन् । उनी पहिला काठमाडौं क्षेत्र नं. २ मा उठ्ने चर्चा चलेको थियो । तर त्यहाँ एमालेका महासचिव माधव नेपालले उम्मेदवारी दिने चर्चा चलेपछि उनले उम्मेदवारी ६ नं. मा सारेका थिए । तर त्यहाँ पनि सिट सुरक्षित नहुने देखेपछि प्रचण्ड क्षेत्र नं. १० मा पुगेको स्रोत बताउँछ । डा. भट्टराई भने गोरखा क्षेत्र नं. २, कृष्णबहादुर महरा दाङ क्षेत्र नं. ३, हिसिला यमी काठमाडौं क्षेत्र नं. ७, रामबहादुर थापा बादल चितवन क्षेत्र नं. २, पम्फा भुसाल ललितपुर क्षेत्र नं. ३, वर्षमान पुन (अनन्त) ललितपुर क्षेत्र नं. १, अग्नि सापकोटा सिन्धुपाल्चोक क्षेत्र नं. २, सिपी गजुरेल सिन्धुली क्षेत्र नं. २ र देव गुरुङ मनाङबाट उठ्ने भएका छन् ।

उपत्यकामा को को ?
काठमाडौं क्षेत्र नं. १ राममान श्रेष्ठ, २ मनु हुमागाईं, ३ माइला लामा, ४ पवनमान श्रेष्ठ, ५ दिलकुमार प्रजापति, ६ हितमान शाक्य, ७ हिसिला यमी, ८ सर्वोत्तम डङ्गोल, ९ कमला लिम्बू, १० प्रचण्ड। ललितपुर क्षेत्र नं. १ वर्षान पुन, २ रामकाजी महर्जन, ३ पम्फा भुसाल।भक्तपुर क्षेत्र नं. १ दिवाकार श्रेष्ठ, २ हरि क्षेत्री। सागर गुल्मीबाटअनेक तरहबाट चर्चामा आएका वाईसीएल उपत्यका इन्चार्ज चन्द्रबहादुर थापा गुल्मी क्षेत्र नं. ३ बाट उठ्ने भएका छन्। उनको घर नै गुल्मी हो।

No comments: