Thursday, February 28, 2008

मधेस आन्दोलन फिर्ता, सरकार- मोर्चा सम्झौता

काठमाडौं - सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच बिहीबार आठबु“दे सम्झौता भएको छ । सम्झौतालगत्तै मोर्चाले १६ दिनदेखिको मधेस आन्दोलन फिर्ता लिएको छ ।
सम्झौतामा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र मोर्चाका तर्फाट तर्राई मधेस लोकतान्त्रिक पार्टरी अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतो र मधेसी जनअधिकार फोरमका केन्द्रीय संयो जक उपेन्द्र यादवले हस्ताक्षर रेका छन् ।स्वायत्त प्रदेशको सम्झौता
काठमाडौं, १६ फागुन -कास)- सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच बिहीबार आठबु“दे सम्झौता भएको छ । सम्झौतालगत्तै मोर्चाले १६ दिनदेखिको मधेस आन्दोलन फिर्ता लिएको छ ।
सम्झौतामा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र मोर्चाका तर्फाट तर्राई मधेस लोकतान्त्रिक पार्टर्ीी अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टर्ीी अध्यक्ष राजेन्द्र महतो र मधेसी जनअधिकार फोरमका केन्द्रीय संयो जक उपेन्द्र यादवले हस्ताक्षर गरेका छन् ।
सम्झौतामा मधेसी जनताको स्वायत्त मधेस प्रदेशको चाहनालगायत अन्य क्षेत्रका जनताको स्वायत्त प्रदेशसहितको संघीय संरचनाको आकांक्षा स्वीकार गरी नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हुने उल्लेख छ ।
सम्झौताअनुसार संघीय संरचनामा केन्द्र र प्रदेशका बीच स्पष्ट रूपमा शक्तिको बा“डफा“ड सूचीको आधारमा गरिनेछ भने प्रदेशहरू पर्ूण्ा रूपले स्वायत्त र अधिकार सम्पन्न हुनेछन् । नेपालको र्सार्वभौमिकता, एकता र अखण्डतालाई अक्षुण राख्दै स्वायत्त प्रदेशहरूको संरचना, केन्द्र र प्रदेशका सूचीहरूको पर्ूण्ा विवरण र अधिकारको बा“डफा“ड संविधानसभाबाट निर्धारण गरिनेछ ।
संविधानसभा सदस्य निर्वाचन ऐन, २०६४ को दफा ७ को उपदफा १४ मा रहेको २० प्रतिशतको वर्तमान कानुनी व्यवस्थाको सट्टा ३० प्रतिशत गरिने सम्झौतामा जनाइएको छ । नेपाली सेनालाई राष्ट्रिय स्वरूप प्रदान गर्न र समावेशी बनाउन मधेसीलगायत अन्य समुदायको समानुपातिक समावेशी र समूहगत प्रवेशलाई सुनिश्चित गरिने जनाइएको छ ।
तत्काल लागू हुने गरी भएको सम्झौतामा मधेस आन्दोलनका क्रममा सहादत प्राप्त गरेकाहरूलाई सहिद घोषणा गर्ने, हालसम्म राहत नपाएका र अंगभंग भएकालाई राज्यले उचित राहत उपलब्ध गराउने उल्लेख छ । आन्दोलनका घाइतेको उपचार खर्चको व्यवस्था र सहादत पाएकालाई सहिद घोषणा गरी आश्रति परिवारलाई १० लाख रुपैया“का दरले राहत दिने तथा गिरफ्तारलाई तत्काल रिहा गरिने उल्लेख छ ।

No comments: