Tuesday, February 5, 2008

वीरगन्ज अशान्त एसपी निलम्बनको माग

वीरगन्ज जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी योगेश्वर रोमखामीलाई निलम्बनको माग गर्दै संयुक्त मधेसी मोर्चाले आजदेखि अनिश्चितकालीन वीरगन्ज बन्द आ≈वान गरेको छ।बन्दका कारण रक्सौल नाका बिहानैदेखि ठप्प रहेको छ भने बजार र यातायात बन्द रहेका छन्। मोर्चाका कार्यकर्ताले सहरमा टायर बाली प्रहरी ज्यादतीको विरोध गर्दै नारावाजी गरिरहेकाले तनाव छाएको छ।गत शुक्रबार पक्राउ परेका मोर्चाका तीन कार्यकर्तालाई हिरासतमै प्रहरीले गोली हानी हत्या गरेको आरोपमा मोर्चाले एसपी रोमखामीको निलम्बनको माग गरिएको बताएको छ।प्रहरीले ज्वाला सिंहका कार्यकर्ता भनी पक्राउ गरी हत्या गरेको मध्येका एक जना मनोज कुर्मी पूववडाध्यक्षका नाति रहेको खुलासा भएको छ। तर प्रहरीले उनी भिडन्तमा मारिएको दाबी गरेको छ। सोही विषयलाई लिएर वीरगन्जमा सात दलको बैठक बसेको छ तर बैठकले त्यसबारे निर्णयालिन सकेको छैन।मोर्चाले प्रहरीद्वारा हत्या गरिएकालाई सहिद घोषणा गर्नुपर्ने, पीडितको परिवारलाई १० लाख रुपियाँ क्ष् तिपूर्ति दिनुपर्ने र एसपीको निलम्बन गरिनुपर्ने तीन सूत्रीय माग राखेको छ ।

No comments: